Thursday, March 3, 2016

सडक दुर्घटनामा दुईको मृत्यु

नेपालगन्ज, २० फागुन । बाँके जिल्लाको गनापुर—२ पिप्रहवा सडकखण्डमा आज दिउँसो १२ बजे मोटरसाइकल र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालयका अनुसार, कोहलपुरबाट नेपालगन्ज आइरहेको भे ५प ८७०७ नम्बरको मोटरसाइकल र नेपालगन्जबाट कोहलपुर जाँदै गरेको ना ३ ख ९२७४ नम्बरको ट्रक आपसमा ठोक्किँदा मोटरसाइकल चालक कपिलवस्तु कृष्णनगर नगरपालिका—५ का २२ वर्षीय श्यामलाल गुप्ता र मोटरसाइकलमा पछाडि सवार नेपालगन्ज उपमहानगरपालिका—५ का २५ वर्षीय अनिल नेपालीको मृत्यु भएको हो ।

घटनापछि ट्रक चालक फरार रहेको र उनको खोजी भइरहेको प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी गराउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts