पाल्पा, २२ फागुन । उपप्रधान तथा रक्षामन्त्री भीम रावलले संविधान कार्यान्वयनका लागि सरकारको नेतृत्व परिवर्तन गर्न आवश्यक नरहेको बताउनुभएको छ ।
नेपाल पत्रकार महासङ्घ पाल्पा शाखाको आज तानसेनमा साधारणसभाको उद्घाटन गर्दै उपप्रधानमन्त्री रावलले संविधान कार्यान्वयन गर्न नेपाली काँग्रेस, एमाले र माओवादीको सहयोग र सहकार्य आवश्यक रहेको औँल्याउनुभयो ।
“नेपाली काँग्रेसको महाधिवेशनपछि सरकार बदल्ने कुरा उठेको छ, सरकार केका लागि परिर्वतन गर्ने हो”– मन्त्री रावलले भन्नुभयो, ‘‘काँग्रेस संविधान कार्यान्वयनका लागि सरकारमा सहभागी हुन आवश्यक छ ।’’
वर्तमान सरकार स्थानीय निकायको निर्वाचनका लागि तयारी रहेको र सबै राजनीतिक दल स्थानीयको निर्वाचन गरी जनताको जीवनस्तर माथि उठाउन तयार हुनुपर्ने उहाँले बताउनुभयो ।
उपप्रधानमन्त्री रावलले आदिवासी जनजाति, दलित, महिला, मधेसी, मुस्लिमलगायतका संविधानसभामा सहभागी ९० प्रतिशत संविधानसभाका सदस्यले हस्ताक्षरमा संविधान निर्माण भएकाले यो विश्वकै उत्कृष्ट लोकतान्त्रिक संविधान हो भन्नुभयो ।
उहाँले सेना र गुप्तचरमा समानुपातिक समावेशी नेपालमा मात्रै भएको बताउनुभयो । उहाँले संसारका कुनै पनि देशमा सेना र गुप्तचरमा समानुपातिक समावेशी नभएको समेत आँैल्याउनुभयो ।
उपप्रधान तथा पराष्ट्रमन्त्री कमल थापाको संयोजकत्वमा सीमाङ्कनका विषयमा छलफल गर्न सकिने गरी राजनीतिक समिति गठन गरिएको र सो समितिले तीन दिनभित्र प्रतिवेदन पेस गर्ने सरकार तयार रहेको जानकारी समेत दिनुभयो ।
सरकारमा मधेसी दलको मागप्रति गम्भीर रहेको औँल्याउँदै मन्त्री रावलले सरकार औपचारिक अनौपचारिक रुपमा समेत वार्ता गरी समस्याको समाधान गर्न लचक र लोकतान्त्रिक रहेको दाबी गर्नुभयो । रासस
No comments:
Post a Comment