इलाम, २२ फागुन । इलाम जिल्लालाई सन् २०२५ सम्ममा पूर्ण सरसफाइ जिल्ला बनाउने उद्देश्यले १४ बुँदे प्रतिबद्धतापत्र जारी गरिएको छ ।
जिल्लालाई नै पूर्ण सरसफाइ बनाउन ‘पूर्ण सरसफाइ हाम्रो पौरख, स्वच्छ इलाम हाम्रो गौरव’ भन्ने नाराका साथ १४ बुँदे प्रतिबद्धता जारी गरिएको हो ।
पूर्ण सरसफाइ जिल्ला घोषणाको तयारी स्वरुप सदरमुकाममा जारी दुईदिने रणनीतिक योजना निर्माण कार्यशालामा राजनीतिक दल, सरकारी तथा गैरसरकारी कार्यालयका प्रमुख एवम् प्रतिनिधि, नागरिक समाज, गाविस सचिव र सञ्चारकर्मीले यस्तो प्रतिबद्धता जारी गरेका हुन् ।
उक्त प्रतिबद्धतापत्रमा जिल्लालाई एक वर्षभित्र ४३ गाउँ विकास समिति र तीन नगरपालिकाको पूर्ण सरसफाइ रणनीति तयार गरेर कार्यान्वयन गरिने, स्थानीय निकायले बजेट विनियोजन, फोहर व्यवस्थापन, सार्वजनिक शौचालय निर्माण, सुरक्षित खानेपानीको पहुँच पु¥याउने, तालिम तथा प्रशिक्षणमा पूर्ण सरसफाइको विषयलाई प्राथमिकताका साथ राख्नेलगायत प्रतिबद्धता रहेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय इलामका प्रमुख पदम कुवँरले बताउनुभयो ।
पूर्ण सरसफाइ जिल्ला बनाउन विसं २०७३ भित्रमा रणनीतिक योजना बनाएर कार्यान्वयन गरिने खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय प्रमुख कँुवरले जानकारी दिनुभयो । सन् २०३० सम्ममा नेपाललाई नै पूर्ण सरसफाइयुक्त मुलुक घोषणा गर्ने सरकारको लक्ष्य छ । रासस
No comments:
Post a Comment