Thursday, March 17, 2016

गाविस सचिव पक्राउ

काठमाडौँ, ४ चैत । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सेवाग्राहीसँग घुस लिँदै गरेको अवस्थामा धनुषा हंसपुर कठकुल्ला गाविसका सचिव निरसन साहलाई आज थलोबाटै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता कृष्णहरि पुस्करका अनुसार गाविस सचिव साहले सेवाग्राहीको जग्गा नामसारी गर्ने प्रयोजनार्थ सिफारिस गरिदिँदा कानुनबमोजिम नगरी रु पाँच हजार घुस मागेको सूचनाका आधारमा आयोगको सम्पर्क कार्यालय बर्दिवासको टोलीले पक्राउ गरेको हो । सचिव साहलाई जिल्ला मालपोत कार्यालय धनुषाको हाताबाट पक्राउ गरिएको आयोगले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts