Thursday, March 17, 2016

एपिएफका खेलकुद प्रतियोगिता

काठमाडौँ, ४ चैत । सशस्त्र प्रहरी बल (एपिएफ)को आयोजनामा यही चैत १५ गतेदेखि विभिन्न राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुने भएको छ ।

यहाँ आज आयोजित पत्रकार सम्मेलनमा तेस्रो राष्ट्रिय महिला भलिबल प्रतियागिता, राष्ट्रव्यापी कृष्णमोहन स्मृति ब्याडमिन्टन र आठौँ सहवीर स्मृति खुल्ला लनटेनिस प्रतियोगिता सञ्चालन गरिने जानकारी एपिएफका खेलकुद विभाग प्रमुख अतिरिक्त प्रहरी महानिरीक्षक सिंहबहादुर श्रेष्ठले दिनुभयो ।

यही चैत १५ देखि १९ गतेसम्म भलिबल तथा चैत २१ गतेदेखि ब्याडमिन्टन र लनटेनिस प्रतियोगिता हुनेछ । भलिबल प्रतियोगितातर्फ रु चार लाख ५५ हजार, ब्याडमिन्टनतर्फ रु सात लाख ४० हजार तथा लनटेनिसतर्फ रु छ लाख ७८ हजार पुरस्कारमा खर्च गरिने बताइएको छ । प्रतियोगिताको खेल भने एपिएफको प्रधान कार्यालय र सातदोबाटोस्थित अखिल नेपाल लनटेनिस कोर्टमा सञ्चालन गरिनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts