Saturday, March 5, 2016

एमाले स्थायी कमिटीमा नेता नेपालको शुभजन्मोत्सव

काठमाडौँ, २३ फागुन । प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको नेकपा(एमाले)को स्थायी कमिटी बैठकमा नेता माधवकुमार नेपाललाई उहाँको ६४औँ जन्मोत्सवका अवसरमा केक काटेर शुभकामना दिइएको छ ।
उहाँलाई प्रधानमन्त्री एवम् एमालेका अध्यक्ष केपी शर्मा ओली लगायत कमिटीका सदस्यहरुले शुभकामना दिनुभयो । पूर्वप्रधानमन्त्री नेपालको जन्म विसं २००९मा आजकै दिन रौतहटमा भएको हो ।

बैठकमा संविधान कार्यान्वयनमा एमालेले गरिएको अगुवाइ र प्रधानमन्त्रीको भारत भ्रमणको समीक्षा गरिनाका साथै उहाँको चीन भ्रमणको तयारीबारे पनि छलफल हुने पार्टी सचिव प्रदीपकुमार ज्ञवालीले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts