काठमाडौँ, २३ फागुन । नेपाली काँग्रेसका कावा सभापति रामचन्द्र पौडेलले काँग्रेसको महाधिवेशनको निर्वाचन प्रक्रिया लोकतन्त्रको महान् अभ्यास भएको बताउनुभएको छ ।
राष्ट्रिय सभागृहमा आज मतदान गरेपछि सञ्चारकर्मीसँग कुरा गर्दै नेता पौडेलले काँग्रेसले आफ्नो लोकतान्त्रिक सिद्धान्तलाई मतदानबाट व्यवहारमा चरितार्थ गरेको बताउनुभयो । निर्वाचनमा कस्तो अनुभव भइरहेको छ भन्ने सञ्चारकर्मीको जिज्ञासामा उहाँले आपूmलाई ठूलो हौसला मिलेको र सकारात्मक परिवर्तन आउने विश्वास व्यक्त गर्नुभयो ।
काँग्रेसको १३औँ महाधिवेशनको मतदान आज बिहान ८ः४५ देखि सुरु भएको छ । हालसम्म पार्टीका वरिष्ठ नेता एवम् सभापतिका उम्मेदवार शेरबहादुर देउवा, महामन्त्री एवम् सभापतिका उम्मेदवार कृष्णप्रसाद सिटौला, महामन्त्रीका उम्मेदवारद्वय डा शशाङ्क कोइराला र अर्जुननरसिंह केसी, महामन्त्री प्रकाशमान सिंहलगायतले मतदान गरिसक्नुभएको छ । रासस
No comments:
Post a Comment