बेनी(म्याग्दी), २५ फागुन । प्रधानन्यायाधीश कल्याण श्रेष्ठले गलेश्वर धाममा आज पूजाअर्चना गर्नाका साथै गलेश्वर पुष्पवाटिकाको शिलान्यास गर्नुभएको छ ।
जिल्ला अदालत बागलुङको निर्माण हुन लागेको भवन शिलान्यास गर्न यहाँ आउनुभएका प्रधानन्यायाधीश श्रेष्ठले गलेश्वर वृद्धाश्रममा आश्रय लिएका वृद्धावृद्धालाई एक दिनको भोजनका लागि रु १५ हजार सहयोग समेत गर्नुभएको जिल्ला अदालतका स्रेस्तेदार गोकर्णराज पन्तले जानकारी दिनुभयो ।
सोही अवसरमा प्रधानन्यायाधीश श्रेष्ठले ऋषिहरुको तपोभूमि र पुण्यभूमि गलेश्वर क्षेत्रको संरक्षण र प्रचारप्रसारमा राज्यले विशेष ध्यान दिनुपर्ने बताउनुभयो ।
पं भीमनाथ पराजुलीले गलेश्वरको धार्मिक र ऐतिहासिक महत्वको बारे र गलेश्वर क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले गलेश्वर क्षेत्र र वृद्धाआश्रम सञ्चालनका बारेमा बताउनुभएको थियो । रासस
No comments:
Post a Comment