Tuesday, March 8, 2016

महामन्त्रीमा कोइराला र कोषाध्यक्षमा यादवको अग्रता

काठमाडौँ, २५ फागुन । नेपाली काँग्रेसको १३ औँ महाधिवेशनमा महामन्त्री र कोषाध्यक्षका लागि भएको निर्वाचनको मतगणनामा क्रमशः डा शशाङ्क कोइराला रसीतादेवी यादवको अग्रता रहेको छ ।

केहीबेर अघिदेखि सुरु भएको मतगणनामा ३०१ मतपत्रको गणना हुँदा महामन्त्रीका उम्मेदवार डा कोइरालाले १२५ अङ्कका साथ अग्रता कायम गर्नुभएको छ भने अर्जुननरसिंह केसीले ९१ र गगनकुमार थापाको ७१ प्राप्त गर्नुभएको छ ।

यस्तै कोषाध्यक्षमा सीतादेवी १२४, चित्रलेखा यादवको १०७, उमाकान्त चौधरीको ४५ र कृष्ण कार्कीको पाँच मत छ । मत तीन ठाउँमा राखेर गणना गरिएको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts