भक्तपुर, १८ फागुन । आगामी चैत २० गते हुने नेपाल बार एसोसिएसनको निर्वाचनका लागि नेपाल मजदुर किसान पार्टी निकट कानुन अध्ययन समाज नेपालले आज उम्मेदवारी घोषणा गरेको छ ।
समाजले यहाँ आयोजित पत्रकार सम्मेलनमा समाजका अध्यक्ष एवम् अधिवक्ता रामप्रसाद प्रजापति अध्यक्ष, नरहरिनाथ योगी महासचिव तथा मदन श्रेष्ठ र शिवराज दाहालले सदस्यमा उम्मेदवारी दिने घोषणा ग¥यो ।
सो अवसरमा अध्यक्ष प्रजापतिले लामो समयदेखि प्रजातान्त्रिक समूह र प्रगतिशील समूहले पालैपालो नेपाल बारको नेतृत्व गरे पनि बारलाई प्राज्ञिक थलो बनाउनाको सट्टा भागबन्डाको थलो बनाएको आरोप लगाउँदै केन्द्रदेखि जिल्लासम्म विदेशी दातृ निकायबाट प्राप्त बजेटमा भागबन्डा गर्ने, अपारदर्शी ढङ्गले बजेट सिध्याउने र नियुक्तिमा समेत पक्षपात हुने गरेको बताउनुभयो ।
सर्वाेच्चदेखि जिल्ला अदालतसम्मका मुद्दामा स्थानीय बिचौलियाकोे नियन्त्रण र न्याय क्षेत्रमा हुने भ्रष्टाचारलाई निर्मूल गर्न आफूहरुले उम्मेदवारी दिने उहाँले बताउनुभयो । रासस
No comments:
Post a Comment