भक्तपुर, १८ फागुन । नेकपा (एमाले)का सचिव प्रदीपकुमार ज्ञवालीले राष्ट्रियताका विषयमा नेपाल भारतसँग नझुकी नाकाबन्दी खुलेको बताउनुभएको छ ।
अनेरास्ववियु सानोठिमी क्याम्पस कमिटीले आज आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा उहाँले प्रधानमन्त्रीको भारत भ्रमण सफल भएको र भारतले अब नाकाबन्दी नगर्ने जिकिर गर्नुभयो ।
सचिव ज्ञवालीले २२ औँ राष्ट्रिय अधिवेशनबाट निर्वाचित अनेरास्ववियुका अध्यक्ष नवीना लामा लगायत पदाधिकारी र सदस्यलाई बधाई दिँदै विद्यार्थीको हकहित र देशको विकासमा युवा विद्यार्थी परिचालन हुनुपर्ने आँैल्याउनुभयो ।
अनेरास्ववियुका अध्यक्ष लामाले क्याम्पसहरुमा तत्काल स्ववियु निर्वाचन गराउन पहल गरिने जानकारी दिँदै शैक्षिक विकृति रोक्न आफूहरु लाग्ने बताउने बताउनुभयो ।
कार्यक्रममा अनेरास्ववियु क्याम्पस कमिटीका अध्यक्ष लालबहादुर रोकाय, भएको नेकपा (एमाले) भक्तपुरका उपाध्यक्ष बच्चन देउजा, अनेरास्ववियु भक्तपुरका पूर्वअध्यक्ष श्यामसुन्दर बस्नेत लगायतले अनेरास्ववियुले शैक्षिक विकासका लागि कदम चाल्नुपर्नेमा जोड दिनुभयो । रासस
No comments:
Post a Comment