काठमाडौँ, २३ फागुन । भूकम्पपछिको पुनःनिर्माण लैङ्गिकमैत्री बनाउन प्राधिकरणदेखि यसका तल्लो संरचनासम्म महिलाको एक तिहाई सहभागिता हुनुपर्नेमा जोड दिइएको छ ।
सञ्चारिका समूहले १०६औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘भूकम्पपछिको पुनःनिर्माण प्रक्रियामा लैङ्गिक सवाल’ विषयक अन्तक्र्रिया कार्यक्रमका सहभागीले प्राकृतिक प्रकोप आफँैमा विनाशकारी भए पनि यसको पुनःनिर्माणलाई अवसरका रुपमा लिनुपर्ने बताए ।
कार्यक्रममा राष्ट्रिय पुनःनिर्माण प्राधिकणका कार्यकारी प्रमुख सुशील ज्ञवालीले पुनःनिर्माणका क्रममा जग्गाको स्वामित्व र संयुक्त बंैक खाता खोल्ने कुरामा प्राधिकरण सकारात्मक रहेको बताउनुभयो । उहाँले आर्थिक तथा सामाजिक परिवर्तन विकासको अवसर भएकाले महिला सहभागिताबिना सफल नहुने भएकाले महिला पुरुषको बराबरी उपस्थितिमा कार्यविधि बनाएर लैजाने बताउनुभयो ।
राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा विमला राई पौडेलले पुनःनिर्माणका क्रममा महिलामैत्री भौतिक संरचना सँगसँगै महिलालाई यसको सम्पूर्ण प्रक्रियामा सहभागी गराउनुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो– “घर बनाउने क्रममा महिलालाई बालुवा चाल्ने काममा मात्रै होइन, गारो लगाउने काममा पनि प्राथमिकता दिनुपर्छ र यहीअनुसार तालिममा उनीहरुलाई सहभागी गराउनुप¥यो ।”
अधिवक्ता सविन श्रेष्ठले पुनःनिर्माण प्राधिकरण ऐनमा महिलाका लागि गरिएको व्यवस्थाका बारे कार्यपत्र प्रस्तुत गर्दै प्राधिकरणका संरचनामा महिलालाई कतै पनि सहभागी नगराइएको बताउनुभयो ।
उहाँले पुनःनिर्माणका क्रममा भौतिक मात्रै नभई सामाजिक पुनःनिर्माण गर्ने उपयुक्त अवसर भएको भन्दै प्राधिकरण ऐनले यसका संरचनामा भन्दा पुनःनिर्माणका क्रममा महिला र उनीहरूको विशेष अवस्थालाई भने केही सम्बोधन गरेको औँल्याउनुभयो । रासस
No comments:
Post a Comment