Monday, March 14, 2016

सतचालीस जिल्लामा जापानी इन्सेफ्लाइटिसविरुद्ध खोप

काठमाडौँ, १ चैत । सरकारले लामखुट्टेको टोकाइबाट हुने जापानी इन्सेफ्लाइटिस रोग रोकथामका लागि ४७ जिल्लामा आगामी वैशाख २६ गतेदेखि खोप अभियान सञ्चालन गर्न लागेको छ ।

पहिले तराई र काठमाडौँ उपत्यकाका जिल्लामा सञ्चालन भएको खोप अभियान पहाडी र हिमाली जिल्लामा सञ्चालन गर्न लागिएको हो । मानिसको बदलिँदो रहनसहन र तराईका जिल्लामा बढ्दो आवतजावतले हिमाली र पहाडी जिल्लामा पनि रोगको खतरा बढ्दै गएपछि अभियान सञ्चालन गर्न लागिएको बालस्वास्थ्य महाशाखाका खोप शाखा प्रमुख मुकुन्दराज गौतमले जानकारी दिनुभयो ।

गौतमका अनुसार लामखुट्टेको बदलिँदो अवस्थितिका कारण अहिले तराईका मात्र नभएर पहाडी र हिमाली जिल्लामा पनि रोगको खतरा बढ्दै गएकाले सरकारको पहिले खोप कार्यक्रम सञ्चालनमा नपरेका ४४ जिल्लामा पहिलो पटक अभियान सञ्चालन गर्न लागिएको हो । गर्मी मौसममा जापानी इन्सेफ्लाइटिसबाट बच्न विशेषगरी लामखुट्टेको टोकाइबाट बच्नुपर्दछ ।
यसैबीच दादुरा–रुबेला खोप अभियान चौथो चरणमा प्रवेश गरेको छ । यही चैत ३ गतेदेखि उच्च हिमाली भेगका हुम्ला, जुम्ला, मुगु, डोल्पा, मनाङ, मुस्ताङ र सोलुखुम्बुका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई सो खोप कार्यक्रम सञ्चालन हुनेछ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts