Sunday, April 3, 2016

सडक दुर्घटनामा दुईको मृत्यु

काठमाडौँ, २१ चैत । गएराति स्वयम्भूको रामघाट नजिक भएको सडक दुर्घटनामा दुईजनाको मृत्यु भएको
छ ।

मोटरसाइकल दुर्घटनामा कलङ्कीका २९ वर्षीय सोनु रिसाल र २७ वर्षीय शैलेन्द्र रिसालको मृत्यु भएको हो । दुबैजनाको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ । कलङ्कीका २७ वर्षीय शैलेन्द्रले चलाएको बा३०प ४५५० नं मोटरसाइकल सडकमा अनियन्त्रित भएपछि दुर्घटना भएको थियो ।

गम्भीर घाइते अनिश रिसालको वीर अस्पतालमा उपचार भइरहेको छ । महाशाखाले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts