Saturday, April 2, 2016

अनेम सङ्घ कञ्चनपुरको अध्यक्षमा महरा

कञ्चनपुर, २० चैत । एनेकपा (माओवादी) सम्बद्ध अखिल नेपाल महिला सङ्घ (क्रान्तिकारी)को छैठौँ कञ्चनपुर जिल्ला सम्मेलनले सत्यदेवी महराको अध्यक्षतामा आज ३७ सदस्यीय कार्यसमिति चयन गरेको छ ।

समितिको उपाध्यक्षमा शर्मिला थापा र चन्द्रा खड्का, सचिवमा यशोदा ताम्राकार, सहसचिवमा सुनिता चौधरी र पवित्रा राना चयन हुनुभएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अखिल नेपाल महिला सङ्घ क्रान्तिकारी केन्द्रीय सचिवालय सदस्य तथा ७ नं प्रदेश इन्चार्ज रेणु चन्दले संविधानले दिएको अधिकार प्रयोग गर्न महिलाले स्थानीयस्तरबाटै लड्नुपर्ने बताउनुभयो ।

स्थानीय निर्वाचनमा ४० प्रतिशत महिला प्रतिनिधिलाई जिताउन आजैदेखि लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रमका विशिष्ट अतिथि एनेकपा (माओवादी), कञ्चनपुरका अध्यक्ष टेकेन्द्रप्रसाद भट्टले महिलालाई औचित्यहीन र भूमिकाविहीन बनाउनेका विरुद्ध अभियान सञ्चालन गर्नुपर्ने बताउनुभयो ।

महिलालाई प्रमुख भूमिकामा ल्याउने सवालमा माओवादीे पार्टीको महत्वपूर्ण भूमिका रहने र नीति निर्माण तहमा पु¥याउन कञ्चनपुर जिल्ला पार्टीले महत्वपूर्ण भूमिका खेल्ने धारणा उहाँले राख्नुभयो ।

जिल्ला सम्मेलनले नयाँ कार्यसमिति गठन गर्दै आगामी कार्ययोजनासमेत तयार पारेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts