Tuesday, April 12, 2016

भ्रष्टाचार, कालोबजारी र महँगी नियन्त्रण गर्न आग्रह

काठमाडौँ, १ वैशाख । नेपाल कम्युनिस्ट पार्टीले राजनीतिक स्थिरता कायम गर्दै मुलुकमा व्याप्त भ्रष्टाचार, कालोबजारी, महँगी, हत्या र हिंसाको अन्त्य गर्न आग्रह गरेको छ ।

पार्टीले देश तथा जनताको दीर्घकालीन हितका लागि र नयाँ संविधान कार्यान्वयन गर्नका लागि पनि राष्ट्रका साझा विषयमा सबै सरोकार भएका शक्तिबीचका राष्ट्रिय सहमति कायम गरी अग्रगामी दिशामा अगाडि बढ्न सबै राजनीतिक नेतालाई आग्रह गरेको छ ।

“नयाँ वर्ष २०७३ मा देशका सम्पूर्ण मजदुर, किसान, महिला, युवा–विद्यार्थी, जनजाति, मधेसी, अल्पसङ्ख्यक तथा लोपोन्मुख जनसमुदायलाई सार्थक सम्मान, समानता, समृद्धिको हकदार बनाउने र सबैलाई समुन्नत तुल्याउने सङ्घर्षले सार्थकता पाओस्”, पार्टीका महासचिव शरणविक्रम मल्लद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts