Friday, April 1, 2016

विष्ट निलम्बित

वीरगन्ज, १९ चैत । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पार्टीका सहअध्यक्ष केशरबहादुर विष्टलाई पार्टीको हित र अनुशासन विपरीत कार्य गरेको जनाई तीन वर्षका लागि निलम्बन गरेको छ ।

पार्टीको यहाँ सम्पन्न केन्द्रीय कार्यसमितिको बैठकले विष्टलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निलम्बन गरेको पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीले राससलाई बताउनुभयो । बिहीबारदेखिसुरु भएको बैठकमा सहअध्यक्ष विष्टको सहभागिता नरहेको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts