Friday, April 15, 2016

प्रधानमन्त्री समक्ष चुरेभावरको ज्ञापन

काठमाडौँ, ३ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका सबैखाले समस्या वार्ताको माध्यमबाटै समाधान खोज्न सकिने बताउनुभएको छ ।

चुरेभावर राष्ट्रिय एकता पार्टीले विगतका सरकारसँग भएको सहमति कार्यान्वयन र समसामयिक राजनीतिक विषयमा केन्द्रित रहेर आज प्रधानमन्त्री निवास बालुवाटारमा बुझाएको ज्ञापनपत्र ग्रहण गर्दै प्रधानमन्त्री ओलीले आन्दोलनरत दलका मागप्रति सरकार गम्भीर रहेको धारणा व्यक्त गर्नुभयो ।

ज्ञापनपत्र बुझाउन उक्त पार्टीका अध्यक्ष बद्रीप्रसाद न्यौपानेलगायत पार्टी पदाधिकारी बालुवाटार पुग्नुभएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts