उर्लाबारी (मोरङ), ३ वैशाख । मोरङको बेलबारीबाट लागुऔषध गाँजा बिक्री वितरणमा संलग्न एक जनालाई प्रहरीले आज एक किलो ५०० ग्राम गाँजासहित पक्राउ गरेको छ ।
आफ्नै घरमा गाँजा बिक्री गर्ने बेलबारी नगरपालिका–६ का ३८ वर्षीय शुक्र राईलाई गाँजासहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बेलबारीका प्रहरी निरीक्षक मेघराज थापाले जानकारी दिनुभयो ।
राईले आफ्नै घरमा गाँजा लुकाएर बेच्ने गरेको भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको प्रहरीको टोलीले आज दिउँसो २ बजे उनको घर खानतलासी गर्दा उक्त परिमाणको गाँजा लुकाइ राखेको अवस्थामा बरामद भएको प्रहरी निरीक्षक थापाले बताउनुभयो । राईलाई थप अनुसन्धानपश्चात् लागुऔषध बेचबिखनअन्तर्गत मुद्दा चलाइने प्रहरीले जनाएको छ । रासस
No comments:
Post a Comment