तुल्सीपुर (दाङ), ११ वैशाख । साइकलबाट लडेर आज दाङमा एकजनाको मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार मृत्यु हुनेमा लमही नगरपालिका–७ भैसीकोर्माका ५० वर्षीय महादेव चौधरी छन् । घर नजिकैको कुलोमा साइकलबाट एक्कासी लड्दा चौधरीको घटनास्थलमै मृत्यु भएको हो । रासस
––––––
No comments:
Post a Comment