Sunday, April 3, 2016

चन्दा सङ्कलन गरी लिफ्ट सिँचाइ आयोजना निर्माण सुरु

पर्वत, २२ चैत । उत्पादन बृद्धिका लागि जिल्लाको मुख्य पकेट क्षेत्रको रुपमा रहेको फलेवासमा लिफ्ट सिँचाइ आयोजना निर्माण कार्य सुरु भएको छ ।

फलेवास क्षेत्रमा पर्ने देवीस्थान गाविसमा कालीगण्डकीबाट पानी तानेर सिँचाइ सुविधा विस्तार गर्ने उद्देश्यले आयोजना सुरु भएको हो । स्थानीय कृषकले आफैँ रकम सङ्कलन गरेर करिब रु १५ लाखभन्दा बढी लागतमा जिल्लामै पहिलोपटक उत्कृष्ट लिफ्ट सिँचाइ आयोजनाको निर्माण कार्य सुरु गरिएको हो ।

जिल्ला कृषि विकास कार्यालय पर्वतको समन्वयमा सदाबहार कृषक समूहका २८ जना सदस्यको प्रतिव्यक्ति रु २० हजार तथा स्थानीयको श्रमदान र समाज सेवी कमला क्षेत्रीको रु ५० हजार नगद सहयोगमा सिँचाइ आयोजना निर्माण कार्य सुुरु भएको हो । कृषि क्षेत्रमा ऊर्जाको प्रयोग गर्ने कार्यको प्रवद्र्धन गर्ने उद्देश्यका साथै प्रचुर सम्भावना बोकेको फलेवास क्षेत्रमा पानीको चरम समस्या भएकाले लिफ्ट प्रणालीबाट सिँचाइ गर्ने प्रविधि सुरु गरिएको सदाबहार कृषक समूहका अध्यक्ष भरत श्रेष्ठले बताउनुभयो ।

आर्थिकरुपले विपन्न र सामाजिक रुपमा पिछडिएका किसानको सिँचाइ सुविधामा पहुँच बढाइ खाद्यान्न उत्पादनमा आत्मनिर्भर बनाउन सिँचाइ आयोजना निर्माण गरिएको श्रेष्ठले बताउनुभयो । उहाँले सिँचाइ आयोजनाको मोटर राख्न भवन निर्माणको कार्य पूरा भएको पनि जानकारी दिनुभयो ।

देवीस्थान वडा नं ६ कालीगण्डकीको तिरैमा पर्ने दुधेकुनो भन्ने ठाउँमा २५ हजार लिटरको ट्याङ्कीमा पानी जम्मा गरी लिफ्ट प्रणालीबाट पानी तानी फलेवास वडा नं ६ र ७ मा सिँचाइ कार्य सुरु गरिने स्थानीय धनकुमारी भुसालले बताउनुभयो । लिफ्ट प्रणालीबाट करिब २०० रोपनी क्षेत्रफलमा सिँचाइ सुविधा पु¥याउने आयोजनाको मुख्य उद्देश्य रहेको उहाँले बताउनुभयो ।

त्यस्तै समाज सेवी कमला श्रेष्ठले यस क्षेत्रमा कृषिको धेरै सम्भावना हुँदाहँुदै पनि सिँचाइको लागि प्राप्त मात्रामा पानी नहुँदा ठुलो समस्या भएको र किसानको आर्थिक जीवनस्तर उकास्नको लागि आफूले रकम सहयोग गरेको बताउनुभयो । आयोजनाका अनुसार चैत मसान्तसम्ममा सबै निर्माणको काम पूरा हुने भएको छ ।

सिँचाइ आयोजना निर्माण भएपश्चात् फलेवास क्षेत्रका १०० घरधुरी लाभान्वित हुने भएका छन् । तीन वर्ष पहिलेदेखिनै हाँडीचौरवासीले सिँचाइ सुविधाका लागि पहल गरिरहेको भए पनि विभिन्न कारणले सफल हुन नसकेको र जग्गाधनी जगत श्रेष्ठ, हरिकुमार श्रेष्ठ र समाज सेवी भरतकुमार श्रेष्ठले महत्वपूर्ण भूमिका खेलेको भन्दै स्थानीयवासीले खुसी व्यक्त गरेका थिए । सिँचाइ आयोजना निर्माण भएपछि बाह्रैमास खेती गर्न सकिने जनाइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts