Sunday, April 3, 2016

प्रहरीद्वारा बेवारिसे अवस्थामा ल्यापटप, मोबाइल बरामद

लहान, २२ चैत । सिरहा नगरपालिका–६ स्थित कमला खोलाको बाँधबाट प्रहरीले गएराति ल्यापटप, मोबाइल, इयरफोनलगायतका सामान बेवारिसे अवस्थामा फेला पारी बरामद गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले एचपी कम्पनीको पाँच थान ल्यापटप, डेल कम्पनीको १० थान ल्यापटप, १० थान आइफाइब मोबाइल, १० थान ओनप्लुस मोबाइल, ९० थान इयरफोन, छ थान ल्यापटपको चार्जर, १० थान ¥यामसमेत बेवारिसे अवस्थामा बरामद गरेको हो ।

बरामद भएका सामान करिब रु ११ लाख ४० हजार ५०० मूल्य बराबरको रहेको र उक्त सामान आवश्यक कारबाहीको लागि आजै जिल्ला भन्सार कार्यालय सिरहा माडरमा बुझाएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक एकनारायण कोइरालाले जानकारी दिनुभयो ।

आगलागीमा आधा दर्जन घर जलेर नष्ट

सिरहाको कल्याणपुर–९ मा गएराति आगलागी हुँदा आधा दर्जन घर जलेर नष्ट भएको छ ।

कल्याणपुर–९ स्थित ववन सिंहको घरबाट सुरु भएको आगलागीबाट उहाँको दुई वटा, स्थानीय राजकुमार सिंहको तीन वटा घर र ललन सिंहको एउटा घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीबाट ववन सिंहको थे्रसर मेसिन, अन्नपात, भाडावर्तनलगायतका सामान जलेर नष्ट हुँदा करिब रु १० लाख बराबरको क्षति भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts