Sunday, April 24, 2016

मिलको फित्तामा च्यापिएर महिलाको मृत्यु

राजविराज, १२ वैशाख । सप्तरीको इनरुवा फूलवारिया–२ मा काठको मिलको फित्तामा च्यापिएर आज एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा स्थानीय ४२ वर्षीया दुर्गादेवी साह रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उनको आफ्नै घरमा रहेको काठको मिलमा साडी बेरिएर मृत्युभएको बताइएको छ । मृतकको शव परीक्षणका लागि गजेन्द्रनारायण सिंह सगरमाथा अञ्चल अस्पतालमा राखिएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts