Sunday, April 24, 2016

जनचाहनाअनुसार पुनःनिर्माण कार्य हुन सकेन : मन्त्री शाही

काठमाडौँ, १२ वैशाख । सङ्घीय मामिला तथा स्थानीय विकास राज्यमन्त्री कुन्ती शाहीले कानुनी व्यवस्था नभएका कारण भूकम्पपछिको पुनःनिर्माणमा सरकारले जनचाहनाअनुसार काम गर्न नसकेको बताउनुभएको छ ।

भूकम्पपीडित नागरिक सरोकार मञ्च नेपाल नामक संस्थाले आज यहाँ आयोजना गरेको कार्यक्रममा उहाँले पुनःनिर्माण प्राधिकरण गठनमा ढिलाइ, प्रशासनिक समस्याजस्ता कारणले भूकम्प गएको एक वर्ष बितिसक्दा पनि पुनःनिर्माणको काम जनताको चाहनाअनुसार हुन नसकेको बताउनुभयो ।

उहाँले पुनःनिर्माणमा सहजीकरण गर्न गाविस सचिवलाई खटाइएकाले अब चाँडो कार्य अघि बढ्ने विश्वास व्यक्त गर्दै भूकम्प प्रभावित विभिन्न जिल्लाका पीडितलाई सक्दो सहयोग उपलब्ध गराउन मन्त्रालयले समन्वय गर्ने जानकारी दिनुभयो ।

मन्त्री शाहीले भूकम्पपीडितको नक्सा पास गर्दा लाग्ने दस्तुर मिनाहा गराउन निर्देशन दिएको बताउँदै पुनःनिर्माणको कामलाई पारदर्शी बनाउन, सामूहिक जमानीमा ऋण दिने, युवा स्वरोजगार कार्यक्रम सञ्चालन गर्ने आदि योजना रहेको प्रष्ट पार्नुभयो ।

समितिका अध्यक्ष हस्तबहादुर विश्वकर्माले सरकारले पुनःनिर्माणको काममा तीव्रता दिन नसकेकोमा चिन्ता व्यक्त गर्दै पुनःनिर्माणको कार्य छिटो गरी पीडितलाई सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts