Wednesday, April 13, 2016

वर्षायाम अगावै पुनःनिर्माण सम्पन्न गर्न नागरिक समाजको माग

काठमाडौँ, १ वैशाख । वर्षायाम अगावै भूकम्पपछिको पुनःनिर्माण सम्पन्न गरी पीडितलाई छानामुनि बस्ने व्यवस्था मिलाउन नागरिक समाजका तर्फबाट सरकारसँग माग गरिएको छ ।

‘ब्राइट नेपालले आज यहाँ आयोजना गरेको पुनःनिर्माणमा नागरिक समाजको भूमिका’ विषयक अन्तक्र्रिया तथा सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै नागरिक समाजका अगुवाले यस्तो आग्रह गर्नुभएको हो ।

कार्यक्रममा उद्योगमन्त्री सोमप्रसाद पाण्डेयले प्राकृतिक प्रकोपका समयमा ग्रामीण भेगले भरिएको देशमा नागरिक समाजको भूमिका महत्वपूर्ण हुने धारणा राख्नुभयो ।
पुनःनिर्माणमा आवश्यक पर्ने बजेट जसरी पनि व्यवस्था गर्ने निर्णय मन्त्रिपरिषद्बाट भएको जानकारी मन्त्री पाण्डेयले दिनुभयो ।
सांसद गीता राणाले वैशाख १२ गतेको भूकम्पपछि सबै कुरामा ध्यान दिन नसकेपनि पहिलो चरणमा नागरिक समाज नै राहत लिएर पुगेको बताउनुभयो ।
एम्नेष्टी इन्टरनेसनल नेपाल शाखाका अध्यक्ष सूर्यबहादुर अधिकारीले भूकम्पपछिको पुनःनिर्माण कछुवाको भन्दा पनि सुस्त गतिमा चलेकाले सरकारले गम्भीर रुपमा लिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा विदेशी नागरिक रुडिवर्ड क्लाउड, हास्य कलाकार श्रीकृष्ण सिम्खडा, ब्राइट नेपालका पूर्वअध्यक्ष कैलाशप्रसाद देव, अध्यक्ष पुनम देवलगायतका वक्ताले वर्षायाम अगावै पुनःनिर्माण गरी पीडितलाई राहत दिन माग गर्नुभयो ।

भूकम्पपछिको राहत वितरणमा सञ्चारमाध्यमबाट सहयोग गरेको भन्दै राष्ट्रिय समाचार समिति (रासस)का समाचारदाता कृष्णराज गौतम, राष्ट्रिय प्रेस क्लबका रामकृष्ण कर्माचार्य, अनलाइन पत्रकार सङ्घका अध्यक्ष मुकुन्द ढुङ्गाना, कान्तिपुर दैनिककी समाचारदाता लीला श्रेष्ठलगायतलाई सम्मान गरिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts