काठमाडौँ, १ वैशाख । लाजिम्पाटस्थित साङ्ग्रिला होटल अगाडि बिहान भएको सडक दुर्घटनामा एक पैदल यात्रीको मृत्यु भएको छ ।
महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार दुर्घटनामा परी मृत्यु भएका यात्रीको परिचय र वतन खुल्न सकेको छैन । घटनामा संलग्न सवारी साधन घटनापछि भागेकाले त्यसको पनि पहिचान हुनसकेको छैन ।
करिब ४५ वर्षीय ती पुरुषलाई सेतो टोयटा गाडीले ठक्कर दिँदा घटनास्थलमा उनको मृत्यु भएको थियो । घटनामा संलग्न सवारी साधनको खोजी भइरहेको महाशाखाले जनाएको छ । रासस
No comments:
Post a Comment