Friday, April 1, 2016

ऊर्जा, भौतिक पूर्वाधार क्षेत्रमा लगानी गर्न चीनसँग आग्रह

काठमाडौँ, १९ चैत । एकीकृत नेकपा(माओवादी)का अध्यक्ष पुष्पकमल दाहालले चाइना फारइस्ट इन्टरनेसनल ट्रेडिङ कर्पोरेसनका प्रतिनिधिमण्डलसँग भएको भेटघाटमा नेपालको ऊर्जा, भौतिक पूर्वाधार लगायत क्षेत्रमा लगानी गर्न आग्रह गर्नुभएको छ ।
दाहाल निवास लाजिम्पाटमा भएको भेटमा नेता दाहालले चीनमा दुई देशबीच भएका सम्झौताको कार्यान्वयनका लागि चीन सरकारका तर्फबाट आएको कम्पनीका बारेमा उच्चस्तरीय राजनीतिक समन्वय समितिमा छलफल गरिने बताउनुभयो । अध्यक्ष दाहालले भन्नुभयो– “प्रधानमन्त्री ओलीको चीन भ्रमणमा भएको दुई देशबीच राम्रो सम्झौता भएको छ, मुख्य कुरा कार्यान्वयन हो, प्रभावकारी कार्यान्वयन हुनुपर्छ ।”

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणमा भएका दुई देशका सहमतिको कार्यान्वयनका लागि आफूहरु आएको चिनियाँ प्रतिनिधिमण्डलले जानकारी गराएको थियो । कम्पनीका प्रतिनिधिले ऊर्जा, यातायात, रेल्वे, सूचना र सहर सुरक्षामा मुख्य रुपमा काम गर्ने बताए । कम्पनीका प्रतिनिधि सु को नेतृत्वमा आएको प्रतिनिधिमण्डलले दुई देशबीच भएको सम्झौतामा नेपाली कम्पनी र आफूहरुबीच सहमति भए आफूहरु तुरुन्तै काम थाल्न सक्ने जानकारी गराएको अध्यक्ष दाहालका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts