Saturday, April 16, 2016

भोर्लेटार चोकमा ढलेका गुरुङको मृत्यु

दमौली, ४ वैशाख । तनहुँको व्यास नगरपालिका–११ स्थित भोर्लेटार चोक नजिकै शनिबार बिहान एक्कासी ढलेका सोही ठाउँ नजिकैको बसमा हेल्परका रुपमा काम गर्ने युवकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा तनहुँको श्याम्घा गाविस–३ शिशाघाट घर भई सोही ठाउँमा बसमा हेल्परका रुपमा काम गर्ने ३२ वर्षीय विष्णु गुरुङ रहेको प्रहरीले जनाएको छ ।

एक्कासी ढलेका गुरुङलाई दमौलीस्थित रत्नहरि अस्पतालमा पु¥याउनासाथ अस्पतालले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । मृतकको शव दमौली अस्पतालमा शव परीक्षणका लागि लगिएको र आफन्तले बुझेका छन् । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts