Saturday, April 16, 2016

प्रधानमन्त्री कप महिला भलिबलको उपाधि रेल्वेले उचाल्यो

नेपालगन्ज, ४ वैशाख । यहाँ सञ्चालित प्रधानमन्त्री कप महिला भलिबल प्रतियोगिताको उपाधि भारत कोलकताको रेल्वे टिमको पोल्टामा परेको छ ।

प्रतियोगिताअन्तर्गत आज भएको फाइनल खेलमा सशस्त्र प्रहरीलाई १९–२५, २५–१९, २५–२३ र २५–१६ अङ्क अन्तरले पराजित गरी रेल्वे टिम विजयी भएको हो ।

स्थानीय रङ्गशालामा भएको प्रतियोगिताअन्तर्गत तेस्रो स्थानका लागि भएको खेलमा भारतको उत्तर प्रदेश टिम काठमाडौँको न्यु डायमण्डलाई २७–२५, २५–२२, २०–२५, १७–२५ र १५–८ अङ्कले पराजित गरी विजयी भयो ।

प्रतियोगिता समापन समारोहमा खानेपानी तथा सरसफाइ राज्यमन्त्री दिनेशचन्द्र यादव, बाँकेका प्रमुख जिल्ला अधिकारी रविलाल पन्थी र प्रहरी वरिष्ठ उपरीक्षक धीरु बस्न्यातले नगद पुरस्कार, शिल्ड र प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

सो प्रतियोगितामा प्रथम हुनेलाई रु एक लाख एक हजार, द्वितीयलाई रु ५१ हजार र तृतीय टिमलाई रु ३१ हजार नगद पुरस्कार उपलब्ध गराइएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts