धुन्चे, (रसुवा), २१ चैत । एक गाविस एक सचिवको माग राख्दै यहाँका गाविस सचिव आन्दोलनमा उत्रिएपछि सात गाविसका दैनिक काम ठप्प भएको छ ।
भोर्ले, लहरेपौवा, धैबुङ, स्याफ्रु, गोल्जुङ, हाकु र थुमन गाविसको काम ठप्प भएको गाविस सचिव हकहित संरक्षण केन्द्रका अध्यक्ष पूर्ण भण्डारीले बताउनुभयो ।
जिल्लाका १८ गाविसमा कार्यरत ११ सचिव भूकम्पपीडित सेवाग्राहीका काम गर्न ढिलाइ हुने भएका कारण गाविस सचिव पूर्ति गर्नका लागि दबाब दिन आन्दोलनमा उत्रिएका हुन् ।
गाविस सचिवहरु ज्ञापनपत्र बुझाउन जाँदा निमित्त स्थानीय विकास अधिकारीले बुझ्न अस्वीकार गरेपछि सबै सचिव आक्रोशित भएको बताइएको छ । रासस
No comments:
Post a Comment