Sunday, April 3, 2016

महिला मृत फेला

धनकुटा, २१ चैत । जिल्लाको पाख्रीवासमा आज एक महिला मृत फेला परेकी छन् ।

पाख्रीवास–९ खावाकी ३५ वर्षीया तीलमाया तामाङ आफ्नै घरमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । तामाङको शरीरका विभिन्न भागमा चोटपटक भेटिएको घटनास्थल पुगेका इलाका प्रहरी कार्यालय पाख्रीवासका प्रहरी नायब निरीक्षक राजकुमार बस्नेतले जानकारी दिनुभयो ।

मृत्युको कारण खुल्न सकेको छैन । मृतकको शवलाई पोष्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts