धनगढी, ३ वैशाख । डोटी जिल्लामा गत मङ्गलबार राति भएको जिप दुर्घटनामा परी घाइते भएका थप एक जनाको उपचारका क्रममा आज मृत्यु भएको छ ।
दुर्घटनामा घाइते भएकी डोटीको जिजोडामाण्डौँ गाविस–८ की ३८ वर्षीया कलावती टमटाको भारतको लखनउमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । उक्त जिप दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या नौ पुगेको छ ।
घटनामा घाइते भई उपचाररत रहेका जिजोडामाण्डौँ गाविसकै अनिता टमटा, धनबहादुर टमटा र धौली टमटा उपचारपछि घर फर्किएको जनाइएको छ । घाइते नरबदा पन्त, गौरव पन्त र लक्ष्मी टमटा उपचारमा रहेका छन् ।
उक्त जिप दुर्घटनामा परी पद्मकन्या क्याम्पस काठमाडौँका प्राध्यापक एवम् डोटेली लोकसंस्कृतिका अनुसन्धानकर्ता डा जयराज पन्तसहितको मृत्यु भएको थियो । रासस
No comments:
Post a Comment