Friday, April 15, 2016

आगोले जलेर एक बालकको मृत्यु

प्यूठान, ३ वैशाख । आज बिहान भएको आगोलागीमा परी घाइते भएका एक बालकको प्यूठानमा मृत्यु भएको छ ।

धुवाङ गाविसमा लागेको आगोले जलेर धुवाङ–८ अम्मरेका ११ वर्षीय बालक नोमबहादुर नेपालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

स्थानीय सूर्यबहादुर नेपालीको घर नजिकै मदाने सामुदायिक वनमा लागेको आगो हेर्न गएका बेला सूर्यका छोरा नोमबहादुरको जलेर मृत्यु भएको बुबा सूर्य नेपालीले बताउनुभयो ।

आगोले जलेर गम्भीर घाइते बालकलाई उपचारका लागि लैजाँदा गर्दा बाटैमा मृत्यु भएको हो । मृतकका भाइ र आमासमेत उनलाई आगोबाट बचाउन खोज्दा घाइते भएका छन् ।

धुवाङ गाविसको ७ र ८ वडामा रहेको सामुदायिक वनमा विगत तीन दिनदेखि आगलागी भइरहे पनि आगलागी नियन्त्रण लागि पहल नभएको स्थानीयवासीको गुनासो छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts