सुरुङ्गा (झापा), २ वैशाख । दुहागढी–६ धाइजनमोडमा आजदेखि सुरु भएको तेस्रो राष्ट्रिय पुरुष भलिबल लिग प्रतियोगितामा नेपाल पुलिस क्लब र पश्चिमाञ्चल भलिबल सङ्घले विजयी सुरुआत गरेका छन् ।
आज भएको पहिलो खेलमा पुलिस क्लबले ढोरपाटन भलिबल सङ्घलाई २५–१८, २५–१९ र २५–१० लगातार पराजित ग¥यो । दोस्रो खेलमा पश्चिमाञ्चलले मध्यमाञ्चल भलिबल सङ्घलाई २५–१९, २५–२१ र २५– १७ ले लगातार पराजित ग¥यो ।
मोफसलको पहिलो पटक सर्वाधिक पुरस्कार राशिको सो प्रतियोगिताका विजयीले रु तीन लाख १५ हजार, दोस्राले रु एक लाख ७५ हजार र तेस्राले रु एक लाख १० हजार पुरस्कार पाउने छन् ।
प्रतियोगिता अन्तर्गत शुक्रबार पुलिस क्लब र जाउलाखेल, पश्चिमाञ्चल र पूर्वाञ्चल भलिबल सङ्घ, ढोरपाटन र एपिएफ, मध्यमाञ्चल र त्रिभुवन आर्मी, जाउलाखेल र एपिएफ तथा पूर्वाञ्चल र त्रिभुवन आर्मी क्लबबीच खेल हुने रेफ्री गौतम श्रेष्ठले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment