Thursday, April 14, 2016

सेतो मच्छिन्द्रनाथको रथ यात्रा सुरु

काठमाडौँ, २ वैशाख । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथ यात्रा आजदेखि सुरु भएको छ ।

प्रत्येक वर्ष चैते दसैँका दिन सेतो मच्छिन्द्रनाथको मूर्तिलाई विधि विधानअनुसार रथमा विराजमान गराई रथ यात्रा गराउने प्रचलन छ ।

तीनधारा पाठशाला अगाडिबाट सुरु भएको रथ यात्रा रानीपोखरी, भोटाहिटी हुँदै आज असनमा पु¥याइएको छ । रथलाई हनुमानढोका हुँदै लगन टोलमा पु¥याई त्यहाँस्थित मच्छिन्द्रनाथकी माताको मन्दिरमा तीन पटक परिक्रमा गराउने चलन रहेको मन्दिरका पुजारी स्वयम्भूरत्न वज्राचार्यले जानकारी दिनुभयो ।

सेतो मच्छिन्द्रनाथलाई रोगव्याधि क्षय गर्ने शक्ति तथा आरोग्यता र करुणाका प्रतीकका रुपमा लिइन्छ । रथ यात्रा गर्नका लागि गुठी संस्थानको खर्चमा एक साता अगाडिदेखि नै तीनधारा पाठशाला नजिकै रथ निर्माणको कार्य भएको थियो ।

स्थानीय जनवहालस्थित मन्दिरमा राखिने सेतो मच्छिन्द्रनाथको मूर्तिलाई दर्शन गर्न अहिले असन तथा त्यस वरपर क्षेत्रका भक्तजनको भिड लागेको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts