Wednesday, April 27, 2016

प्रधानसेनापतिलाई सम्मान

काठमाडौँ, १५ वैशाख । प्रधानसेनापति राजेन्द्र क्षत्री मङ्गलबार अमेरिकी सेनाको इन्टरनेसनल हल अफ फेम इन्डक्सन समारोहमा सहभागी हुनुभएको छ ।

अमेरिकी सेनाको कमाण्ड र जनरल स्टाफ कलेज फोर्ट लिभेनवर्थ कान्सास र बार कलेज कार्लिस्ले ब्यारेक पेन्सिलभेनियामा प्रधानसेनापति क्षत्रीको सम्मानमा लेवीस एन्ड क्लर्क सेन्टरको इसेनहावर सभाभवनमा उहाँको तस्बिर राखी सम्मान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले आज जनाएको छ ।

अमेरिकी सेनाका उक्त शिक्षण संस्थाले त्यहाँबाट शिक्षा लिएर उच्च ओहोदामा पुग्ने शिक्षार्थीलाई सम्मान दिने प्रावधानअनुरुप प्रधानसेनापति क्षत्रीलाई सम्मान गरिएको हो ।

उक्त सम्मान प्राप्त गर्ने प्रधानसेनापति २६१आँै व्यक्ति हुनुहुन्छ । सम्मान समारोहमा ९२ राष्ट्रका एक हजार ३०० सैनिक अधिकृत सहभागी थिए । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts