Tuesday, April 5, 2016

शिक्षामन्त्रीद्वारा पाठ्यपुस्तक छपाइको जानकरी

काठमाडौँ, २३ चैत । शिक्षामन्त्री गिरीराजमणि पोखरलेले सानो ठिमीस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा आज साँझ आकस्मिक निरीक्षण गरी पाठ्यपुस्तक छपाइको वस्तुस्थितिका विषयमा जानकरी लिनुभएको छ ।

आगामी वैशाख १ गतेबाट सुरु हुने नयाँ शैक्षिकसत्रका लागि विद्यालयतहका पाठ्यपुस्तक समयमै पु¥याउन कुनै पनि कसर बाँकी नराख्न निर्देशन दिँदै आउनुभएका पोखरेलले केन्द्रस्थित प्रेस र पुस्तक भण्डार कक्षको अवलोकन गर्नुभयो ।

सो क्रममा केन्द्रका प्रवन्ध निर्देशक अनिलकुमार झाले यही चैत २८ गतेभित्र आवश्यक सम्पूर्ण पाठ्यपुस्तक मुद्रण गराई सक्ने प्रतिबद्धता व्यक्त गर्दै विरणमा पनि कुनै समस्या नरहेको जानकारी गराउनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts