Saturday, April 9, 2016

राष्ट्रिय मुक्तक पुरस्कारबाट थापा सम्मानित

पोखरा, २८ चैत । मुक्तक मञ्च पोखराबाट सञ्चालित तथा साहित्यकार विष्णु अल्पविरामले स्थापना गर्नुभएको यस वर्षको राष्ट्रिय मुक्तक पुरस्कारबाट साहित्यकार रत्नशम्शेर थापालाई सम्मान गरिएको छ ।

मुक्तकको क्षेत्रमा योगदान पु¥याएको भन्दै काठमाडौँको कमलपोखरी निवासी ७६ वर्षीय थापालाई रु ११ हजार १११ राशिको सो पुरस्कारबाट सम्मान गरिएको हो । पुरस्कार दुई÷दुई वर्षमा वितरण गरिन्छ ।

नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानका कुलपति सरुभक्तले साहित्यकार थापालाई शनिवार पुरस्कार वितरण गर्दै पोखरेली सांस्कृतिक परिवारले चार दशकअघिदेखि सञ्चालन गर्दै आएको ‘टिकटमा मुक्तक’ कार्यक्रमलाई हाल मुक्तक मञ्चले निरन्तरता दिँदै आएको बताउनुभयो ।

कवि तीर्थ श्रेष्ठको संयोजकत्वमा गठित छनोट समितिले प्रतिभा छनोट गरेको थियो ।

मञ्चका अध्यक्ष सरला लामिछानेको अध्यक्षतामा भएको सो समारोहमा साहित्यकारहरु विजय वजिमय, दीपक समीप र सरस्वती प्रतीक्षाले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

यसअघि सो पुरस्कारबाट स्व कृष्णप्रसाद पराजुली सम्मानित हुनुभएको थियो । रासस
–––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts