Tuesday, April 26, 2016

विष सेवन गरी वालिकाको मृत्यु

गुलरिया ९बर्दिया०, १४ वैशाख । परीक्षामा फेल भएकोमा विष सेवन गर्दा एक बालिकाको मृत्यु भएको छ ।

कालीकोट जिल्ला मेहलमुडी–२ घर भई हाल बर्दिया वासगढी नपा–३ वनमुडुवास्थित दिदीभिनाजुको घरमा बसी श्री जनता उच्च मावि, वेलवा कक्षा ८ मा पढ्ने १५ वर्षीया सन्तोषी योगी आज बिहान अबेरसम्म नउठेको हुँदा उनकी दिदीले कोठा खोली हेर्दा मृत अवस्थामा फेला परेकी र उनी उक्त कक्षाको परीक्षामा फेल भएका कारण सेल्फस् नाम विषादी सेवन गर्दा मुत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको हो । रासस
––––––––

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts