Tuesday, April 26, 2016

म्याद नाघेका औषधि र बीउबिजन भेटिए

नेपालगन्ज, १४ वैशाख । आज नेपालगन्जस्थित विभिन्न एग्रोभेटमा गरिएको संयुक्त अनुगमनमा म्याद नाघेका औषधि, बीउबिजन, विषादी बिक्री हुने गरेको पाइएको छ ।

बाँके जिल्ला कृषि विकास कार्यालयको अगुवाइमा गरिएको अनुगमनका क्रममा सबैभन्दा बढी तिवारी कृषि विकास फर्मामा म्याद नाघेका वस्तुहरु फेला परेका छन् । रेसुङ्गा नामक बीउ ५६२ प्याकेट, कुखुरालाई खुवाउने पानी सफा गर्ने क्लोरो औषधि ६ वटा, फिनायल विषादी २८ बोतल म्याद नाघेका भेट्टिएका हुन् ।

धम्बोझीमै रहेको चितवन एग्रोभेटमा धानीमा ८४९ जातको मकैको बीउ एक÷एक किलोका ६४ प्याकेट, पशुको जुकाको औषधि सात पिस र भिटामिन म्याद नाघेको राखेको भेट्टिएको थियो भने पुष्पलाल चोकमा रहेको अन्नपूर्ण एग्रो फर्मामा केही तरकारीका बीउबिजनमा लेबल नभएको पाइएको छ ।

अनुगमनमा जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी जगतबहादुर बस्नेत, जिल्ला कृषि विकास कार्यालयका प्रमुख कृष्णबहादुर बस्नेत, वाणिज्य कार्यालय नेपालगन्जका पूर्णभद्र घिमिरे, उपभोक्ता समितिका सदस्य कृष्णप्रसाद खरेल, कृषि पत्रकार समूहका अध्यक्ष खगेन्द्र दाहाल, कृषक प्रतिनिधि, प्रहरीलगायतको उपस्थिति थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts