काठमाडौँ, १६ वैशाख । सूचना तथा सञ्चारमन्त्री शेरधन राईले आम सञ्चारमाध्यमलाई अझै मर्यादित, जिम्मेवार र विश्वसनीय बनाउने तयारी भइरहेको बताउनुभएको छ ।
उज्यालो ९० नेटवर्क तथा उज्यालो अनलाइन सञ्चालक संस्था कम्युनिकेसन कर्नरको १८औँ वार्षिकोत्सवका अवसरमा मन्त्री राईले सञ्चारमाध्यमलाई थप व्यवस्थित गर्न उच्चस्तरीय मिडिया सुझाव समितिले तीव्ररूपमा काम गरिरहेको जानकारी दिनुभयो ।
वार्षिकोत्वका अवसरमा मन्त्री राईले पत्रकार तथा रेडियोकर्मी विनय कसजु र वरिष्ठ पत्रकार हेमबहादुर विष्टलाई सम्मान गर्नुभयो । पछिल्लो पटक रेडियो, टेलिभिजन र पत्रपत्रिकालगातयका आम सञ्चारमाध्यमको गुणस्तरभन्दा पनि सङ्ख्यात्मक वृद्धि भएको उहाँको भनाइ छ ।
सम्मानित पत्रकारद्वय कसजु र विष्टले आमसञ्चारमाध्यमको एउटा सशक्त माध्यम रेडियो क्षेत्रको विकासका लागि सरकारले विशेष पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
कम्युनिकेसन कर्नरका कार्यकारी अध्यक्ष गोपाल गुरागार्इंले आमसञ्चारको सबैभन्दा प्रभावकारी माध्यम रेडियोमार्फत जनताको आवाज प्रसारण हुनुपर्छ भन्नुभयो ।
रेडियोमार्फत जनचासोका सामग्री प्रसारण गर्न २०५५ सालमा कम्युनिकेसन कर्नरको स्थापना गरिएको थियो । आज १८ वर्ष पुगेका अवसरमा उज्यालो ९० नेटवर्कले कम्युनिकेसन कर्नरको प्रसारण क्षमता ५०० बाट एक हजार वाटमा पु¥याएको छ ।
सुरुमा रेडियो नेपालबाट ‘खोजखबर’ र ‘हाकाहाकी’जस्ता रेडियो पत्रिका हुँदै विभिन्न एफएम स्टेसनबाट कायाकैरन, नेपाल दर्पण, नेपाल खबरजस्ता समाचारमूलक कार्यक्रम उत्पादन गरेको कम्युनिकेसन कर्नरले २०६३ सालदेखि काठमाडौँ उपत्यकामा आफ्नै एफएम स्टेसन उज्यालो ९० नेटवर्क र उज्यालो अनलाइन सञ्चालन गर्दै आएको छ । रासस
No comments:
Post a Comment