Thursday, April 28, 2016

ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

पोखरा, १६ वैशाख । पोखराको फिर्के पुल नजिक आज दिउँसो ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना६ख ३६१० नंको ट्रकले ग६प ९६६६ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पोखरा बगर निवासी ६८ वर्षीय वुद्धिबहादुर गुरुङको मृत्यु भएको हो ।

ठक्करबाट सख्त घाइते भएका गुरुङको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । ट्रकका चालक प्रहरीको सम्पर्कमा आएको बताइएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts