Wednesday, April 27, 2016

दुर्घटनामा दुईको मृत्यु

राजविराज, १५ वैशाख । पूर्व–पश्चिम राजमार्गअन्तर्गत सप्तरीको रायपुर–८ स्थित रुपनीमा रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किँदा आज दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा सप्तरीको शम्भुनाथ नपा–७ बस्ने ३४ वर्षीया आनन्दी सरदार र तैरोहता गाविस–५ निवासी ३५ वर्षीया अशोक सरदार रहेको इलाका प्रहरी कार्यालय रुपनीका प्रहरी नायब निरीक्षक उमेश यादवले बताउनुभयो ।

दुवै जनाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको स६प ६९७४ नंको मोटरसाइकलले राजमार्गमा रोकिराखेको स१त २६३४ नंको ट्र्याक्टरलाई पछाडिबाट ठक्कर दिएको थियो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts