Saturday, April 9, 2016

ठूलो भेरीमा खसेर युवक बेपत्ता

डोल्पा, २७ चैत । डोल्पा सदरमुकाम दुनैबाट खच्चडमा सामान लिएर जाजरकोट जान लागेका एक युवक ठूलो भेरीमा खसेर बेपत्ता भएका छन् ।

आज दिउँसो जाजरकोट जान लागेका भगवती गाविस–८ जाजरकोटका टेकबहादुर विक डोल्पाको सु गाविस–१ स्थित मामदुलबाट बाटोमा हिँड्दाहिँड्दै ठूलो भेरीमा खसेर बेपत्ता भएको र उनको अहिले खोजी भइरहेको प्रहरी चौकी त्रिपुराकोटले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts