Tuesday, April 26, 2016

‘चाँडै पशु नीति ल्याउने’

पाँचथर, १४ वैशाख । पशुपक्षी विकासमन्त्री शान्ता मानवीले पशुपक्षी क्षेत्रको विकास एवम् प्रवद्र्धनका लागि चाँडै पशु नीति ल्याउने बताउनुभएको छ ।

पाँचथरको फिदिममा आज प्रेस चौतारी पाँचथरले आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले पशुनीति, बधशाला र दुग्ध विकास नीति ल्याउन अहिले अध्ययन गरिरहेको उल्लेख गर्नुभयो ।

मन्त्री मानवीले मुलकलाई एक वर्षभित्र अन्डामा, दुई वर्षभित्र मासुमा र तीन वर्षभित्र दूधमा आत्मनिर्भर बनाउने लक्ष्य लिएर अहिले मन्त्रालय लागिपरेको बताउनुभयो । अहिले पशुपक्षीको बजारीकरणको आवश्यकता आँैल्याउँदै सबभन्दा पहिले पशुको नस्ल, उन्नत बीउ, पौष्टिक आहार र औषधोपचारमा ध्यान दिनुपर्ने उहाँको भनाइ छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts