पाँचथर, ३ वैशाख । पाँचथरको रानीगाउँ गाविस–५ का एक व्यक्तिको घरमा आज आगलागी हुँदा रु १६ लाख बढीको क्षति भएको छ ।
स्थानीय तिल ब कुवार खड्काको घरमा दिउँसो आगलागी हुँदा उहाँको दुई वटा घर, एउटा पाली, अन्नपात, भाँडावर्तन, लत्ताकपडालगायतका सामान जलेर नष्ट हुँदा सो मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ । उहाँले पालेका ३० वटा बाख्रासमेत जलेर मरेका छन् । घरको आँगनमा खोले पकाएको कोइलाबाट आगो सल्किएर आगलागी भएको प्रहरीले जनाएको छ ।
आगो स्थानीयवासी प्रहरीको सक्रियतामा तीन घन्टापछि नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय यासोकका प्रहरी नायब निरीक्षक मोतीबहादुर कटुवालले जानकारी दिनुभयो । रासस
No comments:
Post a Comment