Friday, April 15, 2016

ट्याक्टरमा झुन्डिँदा ज्यान गयो

रत्ननगर (चितवन), ३ वैशाख । चित्रवन नगरपालिकामा आज ट्याक्टरबाट खसेर एकजनाको मृत्यु भएको छ ।

चित्रवन नगरपालिका–१४ स्थित हरिपुर भन्ने स्थानमा आज सो घटना भएको प्रहरीले जनाएको छ ।

ना२त ८६८८ नम्बरको ट्याक्टरको पछाडि झुन्डिएका स्थानीयवासी ३५ वर्षका नेतबहादुर नेपालीको मृत्यु भएको हो ।

मदिरा सेवन गरेर चालकलाई थाहा नै नदिई पछाडि ढालामा झुन्डिएका बेला खसेर नेपालीको ज्यान गएको बताइन्छ ।

उनको घटनास्थलमै ज्यान गएको हो । चालकलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts