Friday, April 15, 2016

हनुमानढोका पु-याइयो सेतो मच्छिन्द्रनाथको रथ

काठमाडौँ, ३ वैशाख । बिहीबारदेखि सुरु भएको सेतो मच्छिन्द्रनाथको रथयात्रा आज हनुमानढोका पु¥याइएको छ ।

प्रत्येक वर्ष चैतेदसैँका दिन सुरु हुने सेतो मच्छिन्द्रनाथको रथयात्रा स्थानीय जनबहाल, इन्द्रचोक, मखन हुँदै आज रामनवमीको दिन हनुमानढोका पु¥याइएको हो ।

स्थानीय जनबहालमा रथ पु¥याउँदा स्थानीयवासीले रथलाई केही बेर रोकेर विशेष पूजासमेत गरी प्रसाद वितरण गरेका थिए ।

रथलाई आज हनुमानढोकामा नै राखिने पुजारी स्वयम्भूरत्न बज्राचार्यले जानकारी दिनुभयो । उहाँका अनुसार कुनै व्यवधान नपरे तीनदिनमा रथलाई लगनटोल पु¥याइने चलन छ । त्यहाँ रहेको मच्छिन्द्रनाथको आमाको मन्दिरमा विधिपूर्वक दर्शन गराइन्छ । रथबाट मूर्तिलाई खटमा राखी पुरानै स्थानमा फर्काइएपछि रथयात्रा सम्पन्न हुन्छ ।

सेतो मच्छिन्द्रनाथलाई आरोग्यता र करुणाको प्रतीकका रुपमा लिइने गरिन्छ । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts