Sunday, April 17, 2016

‘अक्षराङ्कन प्रणालीलाई परीक्षण गर्न दिऊँ’

काठमाडौँ, ५ वैशाख । प्रवेशिका परीक्षामा यस वर्षबाट लागू भएको अक्षराङ्कन प्रणालीलाई परीक्षणका रुपमा लिइदिन पाठ्यक्रम विकास केन्द्रले आग्रह गरेको छ ।

विद्यार्थीले पाउने लब्धाङ्कपत्रमा उत्तीर्ण÷अनुत्तीर्ण उल्लेख नगरिने सो व्यवस्थाबारे तयारीबिना ल्याइएको भन्दै सरोकार भएकाबीच बहस भइरहेका बेला केन्द्रका कार्यकारी निर्देशक बाबुराम पौडेलले प्रणालीको परिणाम हेरेर मात्र प्रतिक्रिया दिन आग्रह गर्नुभएको हो ।

शिक्षक मासिकले आज यहाँ आयोजना गरेको कार्यक्रममा पौडेलले विद्यार्थी र शिक्षकको प्रयोगिक अभ्यासपछि यसमा थप विकास र परिवर्तन गर्न सकिने बताउनुभयो । उहाँले विगत १२ वर्षदेखिको छलफलका आधारमा पाठ्यक्रम विकास परिषद्बाट सो प्रणाली कार्यान्वयन गरिएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका प्रवक्ता डा हरि लम्सालले शिक्षा पत्रकारिताले सकारात्मक र सहयोगीका साथै सरकारका नीतिमाथि आलोच्य भूमिका निर्वाह गर्नुपर्ने धारणा राख्नु भयो । विगत नौ वर्षदेखि प्रकाशित सो मासिक पत्रिकाले गत वर्षबाट रेडियो सगरमाथा र अन्य ८६ एफएममा शिक्षा संवाद रेडियो कार्यक्रम प्रसारित गर्र्दै आएको सन्दर्भमा ति माध्यममा आगामी दिनमा प्राथमिकता दिइनुपर्ने सवालमा विज्ञ र शिक्षकका सुझाव पनि लिइएको सम्पादक राजेन्द्र दाहालले जानकारी दिनुभयो । रासस

No comments:

Post a Comment

Featured Post

रानी वनमा वनमारा झार

भद्रपुर। झापाको महेन्द्र राजमार्गदेखि करिब १५ किमी दक्षीणमा रहेको रानी सामुदायिक वनमा वनमारा झार फैलिन थालेपछि उपभोक्ता चिन्तित भएका छन् । ...

Popular Posts