रौतहट, ५ वैशाख । जिल्लाको चुरे क्षेत्रबाट व्यापकरुपमा ढुङ्गा चोरी–निकासी भइरहेको छ ।
राष्ट्रपति चुरे संरक्षण कार्यक्रम लागू भएपछि २०६९ सालदेखि चुरे क्षेत्रबाट ढुङ्गा, बालुवा र गिट्टी सङ्कलन तथा उत्खननमा रोक लगाइएको थियो । तर पछिल्लो समय राजनीतिक संरक्षणको आडमा तस्करले निर्धक्क रुपमा ढुङ्गा उत्खनन गर्दै आइरहेका छन् ।
चन्द्रपुर नगरपालिका–२ गैँडाटार, मोरङ्गे, भोलनटार, ब्रह्मस्थानलगायत क्षेत्रमा ढुङ्गा उत्खनन गरी खोलामा थुपार्ने गरिएको छ । तर जिल्ला वन, जिविस र स्थानीय प्रहरी प्रशासन कार्यालय त्यसबारे मौन रहने गरेका छन् । तस्करले उत्खनन गरी थुपारेका ढुङ्गा बारा, सर्लाहीलगायत जिल्लाका क्रसर उद्योगमा पु¥याउने गरेका छन् । मधेस आन्दोलनको मौका छोपी तस्करले ढुङ्गा उत्खनन गरी बिक्री वितरण गर्दै आएका छन् ।
जिविसले उक्त क्षेत्रमा कुनै किसिमको टेन्डर ९ठेक्का० नलगाए पनि चन्द्रनिगाहपुरका दिलीप थापाले आफूखुसी रकम उठाउने गरेको बताइएको छ । तर स्थानीय विकास अधिकारी वन्दना झा चाँडै नै ठेक्का लगाउने तयारी भइरहेको बताउनुहुन्छ ।
प्रमुख जिल्ला अधिकारी नरहरि बरालले लाखौँ घनमिटर ढुङ्गा थुपारेर राखिएको बताउनुभयो । “सम्बन्धित निकायलाई पत्राचार गरिसकेको छु” उहाँले भन्नुभयो । रासस
No comments:
Post a Comment